काठमाडौं । दुई वटा संसदीय समितिको बैठक आज बस्ने भएको छ । अर्थ समिति बिहान १० बजे बस्नेछ । बैठकमा आर्थिक वर्ष २०८२, ०८३ को मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने विषयमा छलफल हुनेछ ।
त्यस्तै, विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक, २०८१ मा विज्ञसँग छलफल गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।
प्रकाशित मिति: २५ असार २०८२, बुधबार













प्रतिक्रिया