काठमाडौं । बगंलादेशमा गत वर्ष तत्कालीन प्रधानमन्त्री सेख हसिना बाजेदले सुरक्षा अधिकारीलाई प्रदर्शनकारीमाथि दमन गर्न आदेश गरेको अडियो फेला परेको छ। अहिले मानवता विरोधी अपराधको मुद्दाको सुनुवाइ चलिरहेको समयमा अभियोजकले यसलाई प्रमाणको रूपमा पेस गर्ने अनुमान गरिएको छ।

अडियोमा हसिनाले घातक हतियार प्रयोग गर्न भनेकी छिन्। हाल भारतमा रहेकी हसिना सरकारको विरुद्धमा गत वर्ष भएको प्रदर्शनमा १४०० जना भन्दा बढीको ज्यान गएको थियो।

advertisement

गत वर्ष सडकमा हजारौँ जना उपस्थित भएर विरोध प्रदर्शनलाई रोक्न नसकेपछि उनी सत्ता त्यागेर भारत पुगेकी हुन्। उनले निर्देशन गरेको अर्को अधिकारीको नाम भने खुलेको छैन।

अघिल्लो वर्ष आन्दोलन चर्किएपछि ५ अगस्टका दिन प्रदर्शनकारीले उनको घर घेरेका थिए। प्रदर्शनकारी घरमा प्रवेश गनेृ भएपछि उनी भागेर भारत पुगेकी थिइन्। लिक भएको अडियो भने १८ जुलाको भएको जनाइएको छ।

 

प्रकाशित मिति: २५ असार २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com