काठमाडौं । अविरल वर्षासँगै खोलामा आएको बाढी र गेग्रानले दक्षिण बागलुङमा लघु जलविद्युत आयोजना, पुल र घरहरुमा क्षति पुर्याएको छ । बागलुङको जैमिनी नगरपालिका–९ पैयुथन्थाप हुँदै बग्ने कालुङखोलाले सोही ठाउँमा रहेको उपल्लो कालुङखोला लघु जलविद्युत आयोजना बगाएको हो ।

बुधबार बिहानपख आएको बाढीले आयोजनाको बाँधसँगै पावरहाउस बगाएको स्थानीय गंगा आचार्यले जानकारी दिए । आयोजनाका प्राविधिक रामबहादुर क्षेत्रीले रातीनै भागेर ज्यान जोगाएको बातए । खोलामा बाढी आएपछि रातको समयमा स्थानीयको भागाभाग भएको थियो । खोलाले गतवर्ष ३५ लाख खर्चेर निर्माण गरिएको स्टिल पुल समेत बगाएको स्थानीयको भनाइ छ ।

advertisement

बाढीले केन्द्रीय विद्युत प्रसारण लाइनको ट्रान्सफर्मरमा समेत क्षति पुर्‍याएको छ । स्थानीय विद्युत आयोजना बग्ने र केन्द्रीय विद्युतको प्रसारण रोकिएपछि पैयुथन्थापका एक सय ३० घर अन्धकारमा छन् ।

बाढी घरघरमै पसेपछि पैयुथन्थापकै खरेयाबोटका दुई घर परिवार विस्थापित भएका छन् । बाढीले खोला छेउका खेतीयोग्य जमिनमा केही दिनअघि लगाइएको धानबाली सखाप पारेको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बताए ।

बाढीका कारण भएको क्षतिको विवरण आउन अझै बाँकी छ । बागलुङमा अहिले पनि भीषण वर्षा भइरहेको छ । घटनास्थलमा प्रहरीतर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक बसन्त पाण्डेले बताए ।

प्रकाशित मिति: २५ असार २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com