काठमाडौं । काठमाडौंको टोखामा माइक्रोबसको ठक्करबाट स्कुटर चालकको ज्यान गएको छ। दुर्घटनामा परेर सर्लाहीका २४ वर्षीय सोनाम योन्जनको मृत्यु भएको हो।

टोखा नगरपालिका–६ स्थित ग्राण्डी अस्पताल नजिकैको सडक खण्डमा बुधबार बिहान बा.प्र–०१–००२ ज ७३७८ नम्बरको ईभी माइक्रोबसले बा.प्र–०२–०४४ प ६४०५ नम्बरको स्कुटरलाई ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।

advertisement

दुर्घटनामा गम्भीर घाइते भएका स्कुटर चालक योन्जनलाई तत्कालै ग्राण्डी अस्पताल लगिएको भए पनि उपचारकै क्रममा उनको मृत्यु भएको हो।

मृतक सोनाम पठाओमा स्कुटर चालकको रूपमा कार्यरत थिए। उनी सर्लाहीको हरिवन नगरपालिका–१ बिलन्दी स्थायी घर भई हाल काठमाडौंको थलीमा बस्दै आएका थिए।

हाल मृतकको शव ग्राण्डी अस्पतालमा राखिएको छ भने दुर्घटनाबारे थप अनुसन्धान भइरहेको ट्राफिक प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २५ असार २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com