काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले स्पेन कार्यक्रममा सहभागी भएका केही व्यक्ति फर्किएनन् भन्ने आफ्नो अभिव्यक्तिलाई तोडमोड गरेर नबुझ्न आग्रह गरेकी छिन्।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले आफ्नो भनाइलाई वास्तविक सन्दर्भमा बुझ्न आग्रह गर्दै भनिन्, “मैले कहीं पनि प्रधानमन्त्रीसँग स्पेन गएका मानिसहरू फर्किएनन् भनेकी छैन। कृपया राम्रोसँग कान खोलेर सुन्नुस्।”

advertisement

गौतमले स्पेनमा आयोजित कार्यक्रममा सहभागी भएका मध्ये केही व्यक्तिहरू कार्यक्रमको बाहानामा गएका तर फर्किएका छैनन् भन्ने समाचारहरू आएको उल्लेख गर्दै, त्यसै सन्दर्भमा आफूले टिप्पणी गरेको स्पष्ट पारिन्।

उनले भनिन्, “मैले भनेको प्रधानमन्त्री जानुभएको कार्यक्रममा कोही गएर फर्किएका छैनन् भन्ने समाचारहरू आएका छन्। प्रधानमन्त्रीसँग गएका फर्किएनन् भन्ने होइन। यी दुई वाक्यको अर्थ फरक–फरक हुन्छ।”

गौतमले सांसदहरूको नेपाली भाषाको बुझाइमा कमजोरी भएको भन्दै त्यसको आधारमा आफ्नो अभिव्यक्ति हटाउनुपर्ने कुनै कारण नरहेको पनि स्पष्ट गरेकी छन्। “सांसद महोदयहरूको बुझाइको समस्या मेरो अभिवक्ति हटाउनु पर्ने आधार हुन सक्दैन,” उनले थप भनिन्।

प्रकाशित मिति: २५ असार २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com