काठमाडौं । भारतको राजस्थानस्थित चुरु जिल्लामा भारतीय वायुसेनाको प्रशिक्षण विमान दुर्घटना हुँदा दुई पाइलटको ज्यान गएको छ।
भारतीय वायुसेनाको मिडिया समन्वय केन्द्रले सामाजिक सञ्जाल ट्विटरमार्फत जानकारी दिँदै बुधबार नियमित प्रशिक्षण उडानमा रहेको जगुआर विमान चुरु नजिकै दुर्घटनाग्रस्त भएको पुष्टि गरेको हो।
“भारतीय वायुसेनाको जगुआर प्रशिक्षण विमान आज राजस्थानको चुरु नजिकै नियमित मिसनको क्रममा दुर्घटनाग्रस्त भएको हो। उक्त दुर्घटनामा दुवै पाइलटको दुःखद मृत्यु भएको छ,” वायुसेनाले जनाएको छ।
सौभाग्यवश, विमान दुर्घटनाका कारण कुनै पनि सर्वसाधारणको धनजनको क्षति भएको छैन।
वायुसेनाले यस दुःखद घडीमा दिवंगत पाइलटप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ।
दुर्घटनाको कारण पत्ता लगाउन वायुसेनाले कोर्ट अफ इन्क्वायरी गठन गरेर औपचारिक छानबिन प्रक्रिया थालेको जनाएको छ।
प्रकाशित मिति: २५ असार २०८२, बुधबार













प्रतिक्रिया