काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले गुरु पूर्णिमाको अवसरमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘राजनीतिक मार्गदर्शक’ भन्दै श्रद्धा व्यक्त गरेका छन्।
गुरु पूर्णिमाका दिन सामाजिक सञ्जाल फेसबुकमार्फत उनले ओलीप्रति नमन व्यक्त गर्दै लेखेका छन्, “मेरो राजनीतिक मार्गदर्शक, प्रेरणाका स्रोत आदरणीय नेता केपी शर्मा ओलीज्यू प्रती हार्दिक नमन र श्रद्धा अर्पण गर्न चाहन्छु।”
बस्नेतले ओलीको दूरदृष्टि, राष्ट्रप्रेम र अपराजेय नेतृत्वबाट निरन्तर सिक्न पाएकोमा गर्व महसुस भएको उल्लेख गरेका छन्। “उहाँले देखाउनुभएको बाटोमा दृढ भएर अघि बढ्ने प्रण गर्दछु,” उनले लेखेका छन्।
गुरु पूर्णिमाको शुभकामना दिँदै उनले सबैका लागि यो पर्व शुभ रहोस् भन्ने कामना पनि गरेका छन्।

प्रकाशित मिति: २६ असार २०८२, बिहिबार












प्रतिक्रिया