काठमाडौँ । बाँके जिल्लामा करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ। डुडुवा गाउँपालिका–३ हलबलडोली निवासी ४० वर्षीय राधे खटिकको बुधबार दिउँसो करेन्ट लागेर ज्यान गएको हो।

नेपालगञ्ज उपमहानगरपालिका–२१ बिर्तास्थित आफ्नै खेतमा पानी तान्ने विद्युतीय मोटर प्रयोग गर्ने क्रममा तारबाट करेन्ट लाग्दा उनी गम्भीर घाइते भएका थिए। घाइते अवस्थामा भेरी अस्पताल लगिएको खटिकको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

advertisement

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएको छ।

प्रकाशित मिति: २६ असार २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com