काठमाडौं । कलाकार केदार घिमीरे ‘माग्ने बुढा’ले गुरु पूर्णिमाको अवसरमा चलचित्रकर्मी दीपकराज गिरीप्रति सम्मान व्यक्त गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत घिमीरेले दीपक गिरीलाई आफूले चलचित्रसम्बन्धी ज्ञान प्राप्त गर्ने महत्वपूर्ण गुरुको रूपमा स्मरण गरेका हुन्।
“जिन्दगीमा धेरै शीप सिकियो, सिकेको भन्दा सिक्न बाँकी धेरै छन्,” भन्दै उनले लेखेका छन्, “मलाई कथा, पटकथा, संवाद लेखन एवम् चलचित्रसम्बन्धी धेरै कुरा सिकाउनुहुने मेरा गुरु दीपक दाइ लगायत बाँकी गुरुहरू सबैलाई गुरु पूर्णिमाको शुभकामना अर्पण गर्दछु।”
उनले बाल्यकालदेखि विभिन्न जीवनपाठ परिवारका सदस्य, छिमेकी, शिक्षक, खेल प्रशिक्षक र अभिनय शिक्षकहरूसँग सिकेको उल्लेख गर्दै सबैप्रति आभार व्यक्त गरेका छन्।
गुरु पूर्णिमाको अवसरमा उनले लेखेका सन्देशले शिक्षक र मार्गदर्शकप्रति कृतज्ञता व्यक्त गर्दै सबैलाई सम्मान दिनुपर्ने सन्देश दिएको छ।

प्रकाशित मिति: २६ असार २०८२, बिहिबार












प्रतिक्रिया