विराटनगर । मोरङको धनपालथान गाउँपालिका–१ स्थित गदिया खोलानजिकको उखुबारीबाट ठूलो मात्रामा गाँजा बरामद गरिएको छ। बुधबार साँझ प्रहरीले ८ सय २ किलो गाँजा फेला पारेको हो।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार, इलाका प्रहरी कार्यालय रंगेली, प्रहरी चौकी गडेरिया, अमाहिवरियाती प्रहरी चौकी र सशस्त्र प्रहरी बल बीओपी नोचाबाट खटिएको संयुक्त टोलीले साँझ करिब ६:३५ बजे उक्त गाँजा बरामद गरेको हो।

advertisement

विशेष सूचनाको आधारमा खटिएको नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले २६ वटा बोरामा प्याक गरिएको अवस्थामा गाँजा उखुबारीभित्र लुकाएर राखिएको भेटाएको चुँडालले बताइन्।

उनका अनुसार अन्य स्थानहरूमा पनि गाँजा लुकाइएको हुन सक्ने आशंकामा खोजी कार्य तीव्र पारिएको छ। बरामद गरिएको गाँजा हाल थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रंगेलीमा राखिएको छ।

हालसम्म गाँजा कसले राखेको भन्ने विषयमा पुष्टि हुन सकेको छैन भने संलग्न व्यक्तिहरू पक्राउ परेका छैनन्। प्रहरीले उनीहरूको पहिचान र पक्राउका लागि अनुसन्धान तीव्र बनाएको जनाएको छ।

प्रहरीको प्रारम्भिक अनुमान अनुसार, पूर्वी पहाडी जिल्लाबाट उत्पादन गरिएको गाँजा भारत तस्करी गर्न भण्डारणका रूपमा उखुबारी प्रयोग गरिएको हुनसक्ने देखिएको छ।

प्रकाशित मिति: २६ असार २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com