काठमाडौं। पछिल्लो समय काठमाडौं उपत्यकामा अनावश्यक हर्न बजाएर ध्वनि प्रदूषण बढेको गुनासो आएको भन्दै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी चालकहरूलाई हर्नको प्रयोग नगर्न अनुरोध गरेको छ।

लाखौँ सवारी साधन गुड्ने काठमाडौं उपत्यकामा अनावश्यक रूपमा हर्न बजाउँदा ध्वनि प्रदूषण भई ज्येष्ठ नागरिक, बालबालिका तथा सर्वसाधारणमा गम्भीर असर पर्ने भएकाले अत्यावश्यक र विशेष परिस्थितिमा बाहेक हर्न प्रयोग नगर्न कार्यालयले आग्रह गरेको हो।

advertisement

यदि कसैले अनावश्यक हर्न बजाएको पाइएमा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार कारबाही गरिने समेत ट्राफिक प्रहरी कार्यालयले स्पष्ट पारेको छ।

 

प्रकाशित मिति: २७ असार २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com