काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग क्रिकेटका लागि फ्रेन्चाइज टोली काठमाडौं गोर्खाजले प्रशिक्षकका रुपमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व मुख्य प्रशिक्षक मोन्टी देशाईलाई नियुक्त गरेको छ ।

काठमाडौं गोर्खाजले विहिबार साँझ समाजिक सञ्जाल फेसबुकमार्फत नयाँ सिजनका लागि प्रशिक्षका रुपमा देशलाई नियुक्त गरिएको जनाएको हो । यसअघि भएको पहिलो संस्करणको एनपीएल हुँदा नजिकबाट खेल नियालेका देशाई दोस्रो संस्कणका लागि गोर्खाजले प्रशिक्षक बनाएको हो ।

advertisement

नेपाली टोलीको मुख्य प्रशिक्षकका रुपमा मोन्टीले २०२३ को फेब्रुअरीदेखि २ वर्ष काम गरेका थिए । मोन्टीकै प्रशिक्षणमा नेपालले विश्वकप लिग–२ का १२ खेलमा ११ खेल जितेको थियो ।

सो क्रममा नेपालले पहिलो पटक एसिया कप खेलेको थियो भने १० वर्षपछि अमेरिका र वेस्ट इन्डिजमा आयोजना भएको टी–२० विश्वकप समेत खेलेको थियो ।

 

प्रकाशित मिति: २७ असार २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com