एजेन्सी । भारतको बिहार राज्यस्थित सीतामढी जिल्लामा १३ वर्षीय नेपाली बालिका बलात्कृत भएकी छन् ।
डुमरा थाना क्षेत्र अन्तर्गत बेरवास गाउँमा परिवारसँग बस्दै आएकी ती बालिका शौचालयका लागि बाहिर गएको समयमा बलात्कृत भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
पीडित बालिकाको नेपालस्थित ठेगाना खुलाइएको छैन । यद्यपि उनी परिवारसहित केही समयदेखि सो क्षेत्रमा बस्दै आएको बताइएको छ।
शौचालयका लागि बाहिर गएको समयमा उनलाई स्थानीय केही व्यक्तिले फकाएर नजिकैको बगैँचासम्म लगेको र एकान्तमा पुगिसकेपछि छुरा देखाएर डराइ–धम्क्याइ बलात्कार गरिएको प्रहरीलाई उद्धृत गर्दै विभिन्न भारतीय सञ्चारमाध्यले जनाएका छन्।
प्रकाशित मिति: २७ असार २०८२, शुक्रबार












प्रतिक्रिया