काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले न्यून ब्याजदर हुँदा पनि कर्जा प्रवाह अपेक्षितरुपमा बढ्न नसकेको बताएका छन्।

शुक्रबार आगामी आर्थिक वर्ष २०८२र८३ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर पौडेलले यस्तो जानकारी दिएका हुन् ।

advertisement

गभर्नर पौडेलले भने, ‘पर्याप्त तरलता र न्यून ब्याजदरका बाबजुद पनि कर्जा प्रवाह अपेक्षितरुपमा बढ्न सकेको छैन । विवेकशील मौद्रिक नीतिमा जोड दिनु पर्नेछ ।’

गैर बैंकिङ सम्पत्ति बढ्दै गएकोले यसले वित्तीय क्षेत्रलाई नै चुनौती दिएको गभर्नर पौडेलको भनाई छ ।

प्रकाशित मिति: २७ असार २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com