काठमाडौं ।  भारतले इंग्ल्यान्डविरुद्धको तेस्रो टेस्टको दोस्रो दिन शुक्रबार आफ्नो पहिलो इनिङ्स सुरु गर्दै तीन विकेटमा १ सय ४५ रन बनाएको छ र अझै २ सय ४२ रनले पछाडि रहेको छ । दिनको खेल समाप्त हुँदा भारतका लागि ऋषव पन्त १९ र केएल राहुल ५३ रन बनाएर खेलिरहेका छन् ।

पाहुना टिमका लागि ओपरन यशश्वी जसैवालले १३, करुन नायरले ४० र कप्तान शुभमन गिलले १६ रन बनाए । इंग्लिस बलरमध्ये क्रिस वक्स, जोफ्रा आर्चर र बेन स्टोक्सले एक एक विकेट लिएका छन् । त्यस अगाडि इंग्ल्यान्ड आफ्नो पहिलो इनिङ्समा ३ सय ८७ रन बनाएर अलआउट भएको थियो ।

advertisement

त्यसमा जोए रुटले १ सय ४ रनको योगदान गरे । यस्तै जेमी स्मिथले ५१ र ब्रायडन कार्सले ५६ रन जोडे । घरेलु टिमलाई कम स्कोरमा समेट्न भारतीय स्टार बलर जसप्रित बुमराहले प्रमुख भुमिका खेले । उनले ७४ रन खर्चेर पाँच विकेट लिए ।

प्रकाशित मिति: २८ असार २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com