काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा पुनः प्रवेशलाई सकारात्मक रुपमा लिनुपर्ने बताएका छन्।

शनिबार चीन भ्रमणबाट फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै खनालले भण्डारीको कदम वामपन्थी शक्तिहरूलाई एकताबद्ध गराउने उद्देश्यले भएको हो भने त्यो स्वागतयोग्य भएको बताए।

advertisement

“यदि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी वामपन्थी पार्टीहरूलाई एकतामा ल्याउने उद्देश्यले राजनीतिमा फर्किएकी हुन् भने त्यसलाई सकारात्मक रूपमा लिनुपर्छ,” खनालले भने।

उनले देशमा अहिले पनि एमाले नै सबैभन्दा ठूलो वामपन्थी शक्ति रहेको उल्लेख गर्दै, एमालेले चाहे अन्य वामपन्थी शक्तिहरूबीच व्यापक एकता सम्भव हुने धारणा राखे। “एमाले स्वयं एकताप्रति इच्छुक नरहेकोले नै आज वाम आन्दोलन विभाजित अवस्थामा पुगेको हो,” उनले स्पष्ट पारे।

तर वर्तमान एमाले नेतृत्व, विशेषतः अध्यक्ष केपी शर्मा ओलीबाट भने वाम एकताको सम्भावना देखिँदैन भन्ने ठोकुवा उनले गरे। “वामपन्थी एकताको आकांक्षा अहिलेको एमाले नेतृत्वबाट पूरा हुने सम्भावना छैन,” खनालको टिप्पणी थियो।

प्रकाशित मिति: २८ असार २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com