काठमाडाैं ।  धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (बिपी अस्पताल)लाई धरानको स्वामित्वमा पार्न दबाबमूलक आन्दोलनको तयारी गर्नुपर्ने बताएका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले “बिपी अस्पताल धरानको हो भन्ने गरी आन्दोलनको तयारी गरौं ! केन्द्रको दादागिरी र माफियागिरी धेरै भो !” भन्दै जनतालाई आह्वान गरेका हुन्।

advertisement

उनले केन्द्र सरकारले धरानको जनस्वास्थ्य सेवामाथि हस्तक्षेप गरेको भन्दै आलोचना गरेका छन्। अस्पताल प्रशासनमा भइरहेको कथित अनियमितता, भ्रष्टाचार र राजनीतिक हस्तक्षेपको विरोध गर्दै उनले स्थानीय स्वामित्व र जनताको हकको पक्षमा आवाज उठाउन आग्रह गरेका छन्।

साम्पाङ यसअघि पनि संघीय सरकारले केन्द्रिकृत ढंगमा चलाएको स्वास्थ्य संस्था र परियोजनाको विरोध गर्दै आएका छन्।

प्रकाशित मिति: २९ असार २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com