जनकपुरधाम । जनमत पार्टीका निलम्बित राष्ट्रिय उपाध्यक्ष दीपक शाहमाथि बारामा कालो मसी फालिँदै दुर्व्यवहार गरिएको छ।

पार्टी नेतृत्वसँगको असहमतिपछि इ. शाहसहित केही नेताहरूले ‘जनसंवाद यात्रा’ सुरू गरेका थिए। सोही अभियानको क्रममा बारामा पुगेका शाहमाथि जनमत पार्टीका कार्यकर्ताहरूले विरोधस्वरूप मसी फालेका हुन्।

advertisement

शाह गाडीभित्रै रहेका बेला केही युवाहरूले बोतलमा राखिएको कालो मसी प्रहार गर्दै ‘मुर्दावाद’ नारासमेत लगाएका थिए। उक्त दृश्यको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भइसकेको छ।

जनमत पार्टीका अध्यक्ष सीके राउतले शाहसहितका नेताहरूलाई कारबाही गर्दै पार्टी विरोधी गतिविधिमा संलग्न नहुन कार्यकर्तालाई पूर्वसावधानी अपनाउन निर्देशन दिएका थिए। पार्टी स्रोतअनुसार, राउतकै निर्देशनमा मसी फाल्ने घटनामा कार्यकर्ताहरू संलग्न भएका हुन्।

इ. शाहले आफू जनमत पार्टीकै कार्यकर्ताहरूबाट लक्षित भई दुर्व्यवहारमा परेको बताउँदै, यस विषयमा चाँडै प्रेस विज्ञप्ति जारी गर्ने बताएका छन्।

बाराको घटनालाई लिएर शाह पक्ष र राउत पक्षबीचको आन्तरिक विवाद अझ चर्किन सक्ने देखिएको छ।

प्रकाशित मिति: २९ असार २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com