काठमाडौं । काठमाडौं महानगरपालिकाको आगामी वर्षका लागि नीति तथा कार्यक्रम कार्यपालिका बैठकमा पेश गरिएको छ।
आइतबार नगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले नगरसभामा नीति तथा कार्यक्रम वाचन गर्न सुरु गरेका हुन्। तर, उनले नगरसभाका सदस्यसचिव तथा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई सम्बोधन गरेनन्।
यसअघि शुक्रबार बसेको कार्यपालिका बैठकमा पनि मेयर शाहले गुरागाईंलाई बेवास्ता गरेका थिए। उनीहरूबीच लामो समयदेखि मतभेद र तनाव रहँदै आएको जनाइएको छ।
नगरसभा सञ्चालनका क्रममा औपचारिकता अनुरूप सचिवलाई सम्बोधन गर्ने प्रचलन रहँदै आएको भए पनि मेयर बालेनले त्यसलाई तोडेका छन्। यसले नगरपालिकाभित्रको प्रशासनिक समन्वयमा देखिएको द्वन्द्व झनै उजागर गरेको छ।
प्रकाशित मिति: २९ असार २०८२, आइतबार












प्रतिक्रिया