काठमाडौं ।  इरानका राष्ट्रपति मसुद पेजेस्कियन गत महिना इजरायलले इरानमा गरेको हमलाका क्रममा सामान्य घाइते भएको खबर बाहिरिएको छ ।

इरानको  फार्स समाचार एजेन्सीले जुन १६ मा तेहरानस्थित एक गोप्य भूमिगत स्थानमा छ वटा बमले निशाना बनाएको उल्लेख गरेको छ। उक्त समयमा पेजेस्कियन सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्को आपतकालीन बैठकमा सहभागी भइरहेको बीबीसीको रिपोर्टमा जनाइएको छ ।

advertisement

फार्सका अनुसार, बम आक्रमणपछि पेजेस्कियन र अन्य व्यक्तिहरू आपतकालीन सुरुङ हुँदै भाग्ने क्रममा राष्ट्रपतिको खुट्टामा चोट लागेको थियो। इरानले अहिले इजरायली एजेन्टहरूको घुसपैठको अनुसन्धान गरिरहेको बताइएको छ। यद्यपि, फार्सको यो रिपोर्टको स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन र इजरायलले पनि यस विषयमा सार्वजनिक रूपमा कुनै टिप्पणी नगरेको जनाइएको छ ।

१२ दिने युद्धका क्रममा सामाजिक सञ्जालमा पोस्ट गरिएका भिडियोहरूमा उत्तर-पश्चिमी तेहरानको पहाडी क्षेत्रमा बारम्बार आक्रमण भएको देखिएको थियो। अहिले खुलासा भएअनुसार, युद्धको चौथो दिनका हमलाहरूले तेहरानको एक गोप्य भूमिगत स्थानलाई निशाना बनाएका थिए, जहाँ इरानका शीर्ष नेताहरू त्यसबेला उपस्थित थिए।

इजरायली हमलामा इरानी राष्ट्रपति पेजेस्कियन घाइते भएको दाबी

प्रकाशित मिति: ३० असार २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com