काठमाडौं । प्रेस चौतारि रुकुम पश्चिमका अध्यक्ष परिचन्द्र खत्रीमाथि आत्महत्या दुरुत्साहनको किटानी जाहेरी परेको छ । खत्रीमाथी शनिबार साँझ जिल्ला प्रहरी कार्यालय रुकुम पुर्वमा आत्महत्या दुरुत्साहनको किटानी जाहेरी परेको हो।

रुकुम पुर्व सिस्ने गाउँपालिका ६ खोपिचार घर भइ सिस्ने गाउँपालिकामा कार्यालय सहायक पदमा कार्यरत २५ वर्षीया कोइली शाही शनिबार बिहान कोठामा मृत फेला परेकी थिइन । उनको परिवारले आत्महत्या दुरुत्साहनको आशंका सहित खत्रीमाथी प्रहरिमा जाहेरी दिएको हो।

advertisement

पारिवारिक स्रोतका अनुसार खत्रीले शाहिलाई फोन गरेर बारम्बार टर्चर दिदै आएका थिए । त्यही टर्चर सहन नसकेर उनले आत्महत्या गरेको परिवारको भनाई छ।

जिल्ला प्रहरी कार्यालय रुकुम पुर्वका प्रहरी नायब उपरीक्षक उमा शंकर प्रसाद यादवले घटनाको अनुसन्धान भइरहेको र जाहेरी परेको व्यक्तिको खोजी कार्य भईरहेको बताए।

प्रकाशित मिति: ३० असार २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com