काठमाडौं ।  बेलायतको लन्डनस्थित साउथएन्ड विमानस्थलमा एउटा सानो विमान दुर्घटना भएको छ । विमान उडेलगत्तै खसेर आगो लागेको थियो । विमान दुर्घटनामा भएको मानवीय क्षतिको विवरण भने आइसकेको छैन ।

यो दुर्घष्टना पछि अनिश्चितकालका लागि विमानस्थल बन्द गरिएको छ । यात्राका लागि टिकट काटेका यात्रुहरूलाई सम्बन्धित विमान कम्पनीहरुलाई सम्पर्क गर्न भनिएको छ ।

advertisement

श्रीमती र छोराछोरीसँग विमानको गतिविधि हेर्न विमानस्थल गएका जोनसनले बीबीसीसँग भनेका छन्, ‘उडेको केही सेकेन्डमै विमान झन्डै उल्टो भयो र जमिनमा खस्यो । त्यहाँ ठूलो विस्फोट भयो र धुवाँको मुस्लो देखियो ।’

विमानमा कति जना चढेका थिए र उनीहरुको अवस्था के छ भन्ने अहिले खुलिसकेको छैन । विमान दुर्घटनाको कारण पनि खुलेको छैन । प्रहरीले हवाई दुर्घटना जाँच शाखासँग मिलेर अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: ३० असार २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com