काठमाडौं । राप्रपा नेता ज्ञानेन्द्र शाहीले राजनीतिक नेतृत्वप्रति कटाक्ष गर्दै सरकारको जवाफदेहिता र पारदर्शितामाथि प्रश्न उठाएका छन्।
शाहीले सामाजिक सञ्जाल फेसबुकमार्फत लेख्दै पछिल्ला दिनमा सार्वजनिक भइरहेका अडियो क्लिपहरूप्रति संकेत गर्दै भनेका छन्, “नेतृत्वले जब लाज र जवाफदेहिता बिर्सन्छ, त्यसपछि जनताले अडियोमा नेताका ‘बार्तालाप’ सुनिरहनु पर्छ। अनि त जनताले सोध्छन्-यो देशको सरकार मन्त्रीहरूले चलाउँछन् कि माफियाहरूले?”
उनको टिप्पणी पछिल्लो समय सरकारका केही मन्त्रीहरू जोडिएका विवादास्पद अडियो सार्वजनिक भएपछि आएको हो। शाहीको भनाइले जनताबीच देखिएको असन्तोष र सत्तामा मौलाउँदै गएको अव्यवस्थाप्रति संकेत गरेको छ।

प्रकाशित मिति: ३० असार २०८२, सोमबार













प्रतिक्रिया