काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले घुस प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई पदबाट राजीनामा दिन निर्देशन दिएका छन्।
सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर प्रधानमन्त्री ओलीले गुप्तासँग भेट गर्दै तत्काल राजीनामा दिन स्पष्ट निर्देशन दिएका हुन्।
पछिल्ला दिनमा सार्वजनिक भएको अडिओमार्फत मन्त्री गुप्ता २५ लाख र ५३ लाखको घुस ‘डिल’ मा संलग्न भएको आरोप लागेको थियो। झापा भ्रमण सकेर प्रधानमन्त्री ओली राजधानी फर्किएलगत्तै सोमबार बिहानै बालुवाटारमा गुप्तालाई बोलाइएको थियो।
विश्वसनीय स्रोतका अनुसार प्रधानमन्त्री ओलीले गम्भीर रूपमा विषय उठान गर्दै पद नै खाली गर्नुपर्ने सन्देश गुप्तालाई दिएका हुन्। घटनाले सरकार र पार्टीको साखमा आँच पुर्याउने देखिएको भन्दै ओली निर्णयमा उत्रिएका हुन्।
प्रकाशित मिति: ३० असार २०८२, सोमबार












प्रतिक्रिया