काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बिरामीको उपचारमा औषधि मात्र नभई नर्सहरूको स्नेही व्यवहार र माया–ममताले समेत ठूलो भूमिका खेल्ने बताएका छन्।

सोमबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको ४३औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले नर्स र स्वास्थ्यकर्मीको आत्मीय व्यवहारले बिरामीको मनोबल बढाउने र निको पार्ने प्रक्रिया तीव्र बनाउने बताए।

advertisement

‘बिरामी भएपछि मानिसलाई चिकित्सक, नर्स र अस्पताल नै अन्तिम भरोसा लाग्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘त्यस्तो अवस्थामा नर्सको कोमल बोली, आत्मीय व्यवहार र समर्पणले बिरामीको आशा, हिम्मत र आत्मबललाई अझ बलियो बनाउँछ।’

उनले नर्सको योगदानको विशेष प्रशंसा गर्दै भने, ‘नर्सको हातमा जादु हुन्छ। औषधिले मात्रै होइन, नर्सको मायालु व्यवहारले पनि रोग निको हुन सक्छ।’

ओलीले आफूले दोस्रोपटक मिर्गौला प्रत्यारोपण यही शिक्षण अस्पतालमै गराएको अनुभव सुनाउँदै अस्पतालको सेवा र दक्षताप्रति गहिरो विश्वास व्यक्त गरे। उनले भने, ‘नेपालमै गुणस्तरीय उपचार सम्भव छ भन्ने उदाहरण म स्वयं हुँ। यसलाई अझ विस्तार गर्नुपर्ने आवश्यकता छ।’

कार्यक्रममा प्रधानमन्त्री ओलीले अस्पतालको विस्तारित सेवा भवनको उद्घाटन गरे। साथै, अस्पतालको सेवा र पूर्वाधार विकासमा योगदान पु¥याउने भाटभटेनी सुपरमार्केटका प्रबन्ध निर्देशक मीनबहादुर गुरुङलाई सम्मानसमेत प्रदान गरिएको थियो।

प्रकाशित मिति: ३० असार २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com