२० वर्ष मुनिको साफ महिला फुटबल च्याम्पियनसिप अन्तर्गत नेपालले आज श्रीलंकासँग खेल्दै छ।

खेल नेपाली समय अनुसार साँझ पौने ७ बजे बंगलादेशको ढाकास्थित बसुन्धारा किंग्स एरिनामा हुनेछ।

advertisement

यसअघि सम्पन्न खेलमा नेपालले दुई खेलमा एक जित र एक हार बेहोरेको छ। नेपालले पहिलो खेलमा भुटानलाई ६–१ गोल अन्तरले पराजित गरेको थियो भने दोस्रो खेलमा बंगलादेशसँग ३–२ गोल अन्तरले पराजित भएको थियो।

श्रीलंकाले भने आफ्ना शुरुका दुवै खेलमा हार बेहोरेको छ। श्रीलंका पहिलो खेलमा बंगलादेशसँग ९–१ गोल अन्तरले पराजित भएको थियो भने दोस्रो खेलमा भुटानसँग ५–० गोल अन्तरले पराजित भएको थियो।

नेपालसहित बंगलादेश, श्रीलंका र भुटानले भाग लिइरहेको यो प्रतियोगिता जुलाई २२ सम्म चल्ने छ। यो प्रतियोगिता डबल राउण्ड रोबिनका आधारमा खेलाईदैछ। हरेक देशले एक अर्काविरुद्ध २–२ पटक खेलेपछि शिर्ष स्थानमा रहने देश विजेता हुने छ।

नेपालले अब अर्को खेल जुलाई १७ मा श्रीलंकाविरुद्ध, जुलाई १९ विरुद्ध भुटान र जुलाई २१ मा बंगलादेशविरुद्ध खेल्ने तालिका रहेको छ।

प्रकाशित मिति: ३१ असार २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com