काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेमा अब आफू सक्रिय राजनीतिमा फर्किसकेको घोषणा गर्दै पार्टीमा आफूलाई दिइने जिम्मेवारीबारे केन्द्रीय कमिटीले निर्णय गर्ने स्पष्ट पारेकी छन्।

सोमबार राजधानीमा मदन भण्डारी फाउन्डेशनद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै भण्डारीले पार्टीमा आफूले कुन तहको जिम्मेवारी पाउने भन्ने विषय पार्टीको निर्णयअनुसार तय हुने बताइन्।

advertisement

“अहिले महाधिवेशन नभइसकेको अवस्थामा पार्टीको शीर्ष नेतृत्वको भूमिका केन्द्रीय कमिटीले नै निर्वाह गर्छ। त्यसैले म पार्टीमा कुन जिम्मेवारीमा रहने भन्ने पनि केन्द्रीय कमिटीले नै तय गर्नेछ,” उनले भनिन्।

भण्डारीले एमालेको विधान अनुसार दशौं महाधिवेशनका प्रतिनिधिहरूले नै आगामी महाधिवेशनमा सहभागिता जनाउने प्रावधान रहेको उल्लेख गरिन्। तर, पछिल्लो समय केन्द्रीय सदस्य र महाधिवेशन प्रतिनिधि मनोनयनमार्फत पनि थपिँदै आएको भन्दै आफू पनि त्यसै माध्यमबाट सहभागी हुन सक्ने आधार प्रस्तुत गरिन्।

“दशौं महाधिवेशनमा सहभागी नभएकाहरू पनि अहिले केन्द्रीय सदस्य र प्रतिनिधि बनेका छन्। पार्टीले आवश्यक ठानेमा म पनि त्यो प्रक्रिया अनुरूप सहभागी हुन सक्छु,” उनले स्पष्ट गरिन्।

प्रकाशित मिति: ३१ असार २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com