काठमाडौं । गृह मन्त्रालयले अध्यागमन विभागको नेतृत्वमा व्यापक फेरबदल गरेको छ। विभागका महानिर्देशक गोविन्द रिजाललाई गृह मन्त्रालयमा फिर्ता बोलाई प्रवक्ता रामचन्द्र तिवारीलाई विभागको नयाँ महानिर्देशकको रूपमा पठाइएको छ।

त्यसैगरी, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रमुख विष्णु प्रसाद कोइरालालाई पनि गृह मन्त्रालयमा सरुवा गरिएको छ। कोइरालाको स्थानमा प्रमुख अध्यागमन अधिकृतका रूपमा खोटाङका प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेलाई जिम्मेवारी दिइएको छ।

advertisement

घिमिरे यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लामो समयसम्म प्रवक्ताको रूपमा कार्यरत थिए। उनी प्रशासनिक अनुभवसहित अध्यागमनमा आएका हुन्।

उनको स्थानमा खोटाङको प्रमुख जिल्ला अधिकारीको रूपमा गृह मन्त्रालयकी सहसचिव कल्पना श्रेष्ठलाई नियुक्त गरिएको छ।

सरकारले अध्यागमन प्रणालीमा देखिएको गम्भीर लापरबाही, तस्करीसम्बन्धी प्रकरण र कार्यक्षमतामाथि उठेका प्रश्नका बीचमा उच्च तहका प्रशासनिक अधिकृतहरूको सरुवा गरेको हो। मन्त्रालयका अनुसार सुधारका लागि आवश्यक प्रशासनिक पुनर्संरचना यो निर्णयका पछाडि मुख्य कारण हो।

प्रकाशित मिति: ३१ असार २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com