तस्बिर- ANFA

काठमाडौं ।  बंगलादेशको ढाकामा भइरहेको यू-२० दक्षिण एसियाली महिला फुटबल च्याम्पियनसिपअन्तर्गत नेपाल र श्रीलङ्काबीचको खेल भारी वर्षाका कारण एक घन्टा पछि सरेको छ।

advertisement

खेल नेपाली समयअनुसार साँझ ७:४५ बजे सुरु हुनेछ। यसअघि खेल ६:४५ बजे सुरु हुने तालिका थियो।

नेपाल प्रतियोगिताको अङ्क तालिकामा दोस्रो स्थानमा रहेको छ। नेपालले पहिलो खेलमा भुटानलाई ६–१ ले पराजित गरेपनि दोस्रो खेलमा आयोजक बङ्गलादेशसँग हार बेहोरेको थियो।

विपरित अवस्थामा रहेको श्रीलङ्का भने प्रतियोगितामा पहिलो जितको खोजीमा छ। उसले पहिलो खेलमा बङ्गलादेशसँग ९–१ ले र दोस्रो खेलमा भुटानसँग ५–० ले पराजय भोगेको छ।

 

प्रकाशित मिति: ३१ असार २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com