नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । गए रातिबाट लागू हुनेगरि मूल्य समायोजन गरिएको निगमको भनाइ छ ।
निगमका अनुसार पेट्रोलमा प्रति लिटर पाँच रुपैयाँ तीन पैसा र मट्टितेल र डिजलमा प्रतिलिटर १ रुपैयाँ ३० पैसाले मूल्य घटेको हो । इण्डियन आइल कर्पोरेशनबाट मंगलबार मूल्य घटेर आएपछि पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिएको निगमको भनाइ छ ।

प्रकाशित मिति: ३२ असार २०८२, बुधबार













प्रतिक्रिया