काठमाडौं । काठमाडौंको टोखा हुँदै नुवाकोट जाने सडकखण्ड अवरुद्ध भएको छ । वर्षाका कारण सडक किनारामा रहेको पर्खाल भत्किँदा सडक अवरुद्ध भएको हो ।

मङ्गलबार राति साढे १२ बजे काठमाडौंको टोखा नगरपालिका–२ टोखास्थित नुवाकोट जाने सडकखण्डको ठूलो लाछीनजिक वर्षाको कारणले सडक किनारामा रहेको पर्खाल भत्किँदा बाटो अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

advertisement

 

हाल उक्त सडकखण्डमा दुई पांग्रे सवारीसाधन मात्र आवतजावत गर्न सक्ने तर चारपांग्रे र ठूला सवारीसाधन रोकिएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति: ३२ असार २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com