काठमाडौं । रुसले अमेरिकाबाट आउने सम्भावित सबै प्रकारका प्रतिबन्धको सामना गर्न तयार रहेको स्पष्ट पारेको छ।

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी ५० दिनभित्र युक्रेनसँग युद्धविराम नगरेमा रुसमाथि ठूला भन्सार कर लगाउने चेतावनी दिएका थिए। ट्रम्पको चेतावनीप्रति प्रतिक्रिया दिँदै रुसी विदेशमन्त्री सर्गेई लावरोफले ती भनाइको कुनै अर्थ नरहेको बताएका छन्।

advertisement

रुसी समाचार संस्था ‘इतार तास’का अनुसार लावरोफले ट्रम्पले यसअघि पनि पटक–पटक फरक फरक समयसीमा (कहिले २४ घण्टा, कहिले १०० दिन) तोक्दै आएका उल्लेख गरे।

विदेशमन्त्री लावरोफले भने, “हामीले अघिल्ला चरणहरूमा पनि अभूतपूर्व प्रतिबन्धको सामना गरिसकेका छौं। अब जुनसुकै नयाँ प्रतिबन्ध आए पनि हामी सामना गर्न सक्षम छौं।”

यसअघि ट्रम्पले युक्रेनलाई मस्कोसम्म प्रहार गर्न सक्ने लामो दूरीका मिसाइल दिने बताएका थिए। तर पछिल्लो समय उनले आफ्नो भनाइ परिवर्तन गर्दै युक्रेनलाई मस्कोमाथि हमला नगर्न आग्रह गरेका छन्।

प्रकाशित मिति: ३२ असार २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com