काठमाडाैं । नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछिन्।

उनको शपथ ग्रहण समारोह आज साँझ ६ बजे राष्ट्रपति भवन शीतल निवासमा हुनेछ।

advertisement

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्री न्यौपानेलाई शपथ गराउने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले बताएको छ।

यसअघि सोही मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री राजकुमार गुप्ता एक ‘घुस डिल’ प्रकरणमा मुछिएपछि पदबाट राजीनामा दिएका थिए।

उनको राजीनामापछि रिक्त रहेको मन्त्रालयमा प्रधानमन्त्री केपी शर्मा ओलीले न्यौपानेलाई नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेका थिए।

शपथ ग्रहणलगत्तै उनले मन्त्रालय पुगेर पदभार सम्हाल्ने कार्यक्रम रहेको छ।

प्रकाशित मिति: ३२ असार २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com