काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की नेतृ खुस्बु ओलीले सरकारमाथि गम्भीर आरोप लगाएकी छिन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले भ्रष्टाचार तथा कालोबजारीमा संलग्नलाई उन्मुक्ति दिइएको भन्दै सरकारलाई ‘अपराध उन्मुक्ति बोर्ड’ को संज्ञा दिएकी छन् ।

उनले ललिता निवास प्रकरण, कालोबजारी, र मन्त्रीहरूमा देखिएको भ्रष्टाचारको विषय उठाउँदै न्यायिक प्रक्रियामै हस्तक्षेप भइरहेको आरोप लगाएकी छन् ।

ओलीले लेखेकी छन्, “ललिता निवास काण्डमा जग्गा फिर्ता गर्‍यो भनेर उन्मुक्ति, कालोबजारी गर्ने व्यापारीलाई सरकारी वकिलले बहस नै नगरेर उन्मुक्ति, मन्त्रीहरूले घुस खायो, डिल गर्‍यो, राजीनामा दिएपछि ‘क्लिन चिट’! यो सरकार कि ‘अपराध उन्मुक्ति बोर्ड’?”

उनले भ्रष्टाचारबारे थप टिप्पणी गर्दै लेखेकी छन्, “नेपालमा अहिले भ्रष्टाचार गर्नु अपराध होइन, सत्ता हुँदा भ्रष्टाचार गर्न नसक्नु चाहिँ मूर्खता ठहरिन्छ।”

प्रकाशित मिति: ३२ असार २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com