काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी सम्हाल्न नियुक्त गरिएकी नेकपा (एमाले)की राष्ट्रिय सभा सदस्य भगवती न्यौपानेले बुधबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छन्।
राष्ट्रपति भवन, शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री न्यौपानेलाई शपथ गराएका हुन्।
पूर्वमन्त्री राजकुमार गुप्ताको अडिओ प्रकरण सार्वजनिक भएपछि उनको राजीनामालाई स्वीकार गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार मन्त्रीमा भगवती न्यौपानेलाई नियुक्त गरेका थिए।
२०७६ सालमा गण्डकी प्रदेशबाट राष्ट्रिय सभामा निर्वाचित भएकी न्यौपानेको कार्यकाल आगामी २०८२ सालको फागुनसम्म कायम छ। नयाँ भूमिकामा प्रवेश गरेसँगै उनले संवैधानिक मर्यादा र सार्वजनिक सेवा सुधारमा आफू समर्पित रहने अपेक्षा गरिएको छ।
प्रकाशित मिति: ३२ असार २०८२, बुधबार













प्रतिक्रिया