काठमाडौं । हाल देशभर साधारणतया बदली रहेको छ । गण्डकी प्रदेशका केही स्थानमा, बागमती र लुम्बिनीका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका धेरै स्थानमा तथा बाँकी भू-भागका केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका एक-दुई स्थानमा भारी वर्षा हुनुका साथै देशका उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा/ हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।
त्यस्तै, मधेश, बागमती, गण्डकी र लुम्बिनीका तराई क्षेत्रमा हावाहुरीको पनि सम्भावना रहेको छ।
राति भने देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी र मधेशलगायत देशका पहाडी भू-भागको थोरै स्थानमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
साथै, देशका उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा/ हिमपात हुनेछ भने लुम्बिनीको तराईका केही स्थानमा हावाहुरी चल्ने पनि विभागको भनाइ छ ।
प्रकाशित मिति: १ श्रावण २०८२, बिहिबार












प्रतिक्रिया