काठमाडौं । आज कर्णाली प्रदेशमा देउडा पर्वको अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ । हरेक वर्ष साउन १ गते साउने सङ्क्रान्ति तथा देउडा पर्व मनाउने प्रचलन रहेको छ ।
२०८१ चैत १७ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक सूचना जारी गर्दे बिहीबार सार्वजनिक बिदा दिएको हो ।
यसअघि पनि कर्णालीमा साउन १ गतेका दिन सार्जनिक बिदा दिने गरिएको थियो । माथिल्लो कर्णालीमा आज साउने सङ्क्रान्ति र देउडा दुवै विशेष रुपमा मनाइँदै छ ।
प्रकाशित मिति: १ श्रावण २०८२, बिहिबार













प्रतिक्रिया