काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश अहिले संविधान, गणतन्त्र, सुशासन, सामाजिक न्याय र समृद्धिको दृष्टिकोणले गम्भीर मोडमा रहेको बताएका छन्।

बिहीबार ललितपुरमा आयोजित ‘श्रम उत्पादनमा वाइसिएल अभियान’ शुभारम्भ कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले वर्तमान सरकारले भ्रष्टाचारलाई प्रश्रय दिइरहेको आरोप लगाए।

advertisement

“अहिलेको सरकार जहाँ टेक्छ, त्यहीँ भ्रष्टाचार बाहेक केही पनि देखिँदैन,” उनले भने, “सुशासनविरुद्ध खडा भएको यो सरकार देशलाई असफलतातर्फ लैजाने दिशामा अघि बढिरहेको छ।”

उनले जनतासँगको सम्बन्ध बलियो बनाउँदै श्रम र उत्पादनलाई जोडेर सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा अग्रसर हुनुपर्नेमा जोड दिए।

दाहालले परिवर्तन उल्ट्याउने शक्तिविरुद्ध युवाहरूलाई संगठित गरेर मात्र सफलता हासिल गर्न सकिने बताए।

“हामीले खबरदारी गरिरहँदा पनि सरकारले भ्रष्टाचारलाई निरन्तरता दिन्छ भने, जनभावनाविपरीत निर्णय गर्छ भने प्रतिवाद सडकबाटै हुन्छ,” उनले चेतावनी दिए।

कार्यक्रममा अध्यक्ष दाहालले युवालाई श्रम र उत्पादन अभियानमा सक्रिय भई सुशासन र समृद्धिको मार्गमा अघि बढ्न आह्वान गरे।

प्रकाशित मिति: १ श्रावण २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com