काठमाडौँ ।  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक गम्भीर र जटिल मोडमा पुगेको बताएका छन्।

बिहीबार ललितपुरमा आयोजित ‘श्रम उत्पादनमा वाईसीएल अभियान’को शुभारम्भ गर्दै प्रचण्डले वर्तमान सरकार संविधान, गणतन्त्र, सुशासन, सामाजिक न्याय र समृद्धिको सिद्धान्तबाट विचलित हुँदै गम्भीर संकटतर्फ उन्मुख भएको आरोप लगाए।

advertisement

“देश अहिले संवैधानिक मूल्य, लोकतान्त्रिक प्रणाली, सामाजिक न्याय र समृद्धिको दृष्टिले गम्भीर मोडमा छ,” उनले भने, “जहाँ सरकार टेक्छ, त्यहीँ भ्रष्टाचार देखिन्छ। यो सरकार सुशासनको विरुद्ध उभिएको सरकार हो।”

अध्यक्ष प्रचण्डले भ्रष्टाचारविरुद्ध खबरदारी गर्दा पनि सरकार अडानमा नरही जनअपेक्षाविपरीत काम गरिरहेकाले अब प्रतिकार सडकबाट हुने चेतावनी दिए।

उनले युवाशक्तिलाई संगठित गर्दै श्रम र उत्पादनमा सक्रिय गराउनु अहिलेको प्राथमिकता भएको स्पष्ट गरे। “परिवर्तन उल्ट्याउने प्रवृत्तिविरुद्ध संघर्ष गर्न युवालाई संगठित गर्न आवश्यक छ,” उनले जोड दिए।

प्रचण्डले जनता र सरकारबीचको सम्बन्धलाई बलियो बनाउँदै श्रमशील उत्पादन र स्वावलम्बी अर्थतन्त्रको जग बसाल्नुपर्नेमा पनि जोड दिए। “हामी सबैले आफ्नो कामलाई श्रम, सुशासन र समृद्धिसँग जोडेर अघि बढ्नुपर्छ,” उनले भने।

कार्यक्रममा उनले वाईसीएल अभियानमार्फत युवाहरूलाई उत्पादनमुखी अभियानमा जोडिने विश्वास व्यक्त गरे।

प्रकाशित मिति: १ श्रावण २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com