काठमाडौं । टेस्ट वरीयतामा ब्याटिङतर्फ इंग्ल्यान्डका जोए रुट तथा बलरमा भारतका जसप्रित बुमराह शीर्ष स्थानमा छन्। भारतसँगको दोस्रो टेस्टमा छाएपछि इंग्ल्यान्डका हेरी ब्रुकले रुटलाई पछि पारेका थिए।

तेस्रो टेस्टमा रुटले शतक प्रहार गरेपछि उनी फेरि शीर्ष स्थानमा उक्लेका हुन्। ब्रुक भने तेस्रो स्थानमा झरेका छन्। दोस्रो स्थानमा न्युजिल्यान्डका केन विलिम्सन छन्।

जमैकामा भएको लो स्कोरिङ खेलको पहिलो पारीमा ४८ रन प्रहार गरेका अस्ट्रेलियाका स्टेभन स्मिथ भारतका यशस्वी जयसवाललाई पछि पार्दै चौथो स्थानमा उक्लेका छन्। पहिलो पटक इंग्ल्यान्डसँगको टेस्टमा अर्धशतक प्रहार गर्न चुकेका जयसवालले पहिलो पारीमा १३ तथा दोस्रो पारीमा शून्य रन प्रहार गरेका थिए।

बुमराह भने यस अघि नै पहिलो वरीयतामा थिए। उनले इंग्ल्यान्डसँगको शृङ्खलामा १२ विकेट लिइसकेका छन्। दोस्रो टेस्टमा आराम गरेका उनले अन्य दुई टेस्टमा सो सफलता पाएका हुन्।

 

प्रकाशित मिति: २ श्रावण २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com