काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई रगतको नसा सम्बन्धी क्रोनिक समस्या देखिएको छ। खुट्टा सुनिन थालेपछि परीक्षण गराएका उनको रगतको नसामा समस्या देखिएको ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले जानकारी दिएकी हुन्।

ट्रम्पका चिकित्सक सियन बारेबलाको रिपोर्टलाई हेर्दै लेभिटले यसको जानकारी दिएका हुन्। अहिले ट्रम्पलाई देखिएको समस्या ७० वर्ष पार गरेका मानिसमा सामान्य भएको बारेबलाको रिपोर्टमा उल्लेख गरिएको छ।

advertisement

यसै साता ट्रम्पले पिँडुला सुनिएको अनुभव गरेपछि यो परीक्षण भएको हो। यसबाहेक ट्रम्पको अन्य ल्याब परीक्षणको रिपोर्ट सामान्य भएको जनाइएको छ। उनले इकोकार्डियोग्राम गराएका थिए। उनको मुटु पनि सामान्य नै रहेको जनाइएको छ।

पाको उमेरमा यो एकदमै समस्या भए पनि यसले मुटुको समस्या समेत निम्तन सक्ने डा. बर्नाड असबाईले बताएका छन्। बढी तौल भएका तथा शारीरिक रूपमा धेरै सक्रिय नरहने व्यक्तिलाई पनि यो समस्या देखापर्न सक्ने चिकित्सकले बताएका छन्।

प्रकाशित मिति: २ श्रावण २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com