काठमाडौं । असार २४ गते बिहान ३ बजे आएको भीषण बाढीपहिरोले बगाएको नेपाल–चीन सिमानास्थित रसुवागढीको मितेरी पुलको ठाउँमा दसैँअघि नै बेलिब्रिज निर्माण गर्न छलफल भएको छ ।

सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बिहीबार मन्त्री देवेन्द्र दाहाल र नेपालका लागि चीनका राजदूत चेन सोङबिच भएको भेटमा राजदूत चेनले दसैँअघि नै मितेरी पुल भएको ठाउँमा बेलिब्रिज राखिने बताउनुभएको मन्त्रालयका सचिव केशवकुमार शर्माले जानकारी दिए । उनले राजदूत चेनसँग एकदमै सकारात्मक छलफल भएको बताए। सचिव शर्माले भने, “हामीले रसुवागढी नाका सकेसम्म छिटो खुलाउन र मितेरी पुल बनाउन राजदूतसँग अनुरोध गर्‍यौँ । राजदूतले दसैँअघि नै बेलिब्रिज राख्ने प्रयासमा छौँ भन्नुभयो ।’’

advertisement

त्यसै गरी भेटमा बाढीले क्षतिग्रस्त बनाएको स्याफ्रुबेँसी–रसुवागढी सडक पुनर्निर्माण, चिनियाँ सहयोगमा सञ्चालित अन्य आयोजनाहरू टोखा–छहरे सुरुङमार्ग, हिल्सा–सिमिकोट सडक, खाँदबारी–किमाथाङ्का सडकलगायतका विषयमा पनि छलफल भएको थियो । छलफलमा राजदूत चेनले काठमाडौँ–चक्रपथ दोस्रो खण्ड विस्तारको काम छिट्टै सुरु हुने बताउनुभयो । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले मितेरी पुल र स्याफ्रुबेँसी–रसुवागढी सडक खण्ड बगाएपछि चीनसँगको सो व्यापारिक नाका नौ दिनदेखि ठप्प छ ।

 

प्रकाशित मिति: २ श्रावण २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com