काठमाडौं । यस वर्षको ‘ग्लोबल हिरो अवार्ड’ नेपाली राजनीतिज्ञ ज्ञानेन्द्र शाही र नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई प्रदान गरिने भएको छ।

उक्त सम्मान आगामी जुलाई २७ (साउन १२) मा अमेरिकाको न्युयोर्क सहरमा आयोजना हुने विशेष समारोहमा प्रदान गरिनेछ। कार्यक्रम ‘ग्लोबल नेपाली’ नामक संस्थाले आयोजना गर्ने भएको हो।

advertisement

ग्लोबल नेपालीले प्रत्येक वर्ष आफ्नो क्षेत्रमा विशिष्ट योगदान दिने नेपाली व्यक्तित्वहरूलाई अन्तर्राष्ट्रिय स्तरमा सम्मान गर्दै आएको छ। यसपटकको अवार्ड घिसिङ र शाहीलाई प्रदान गर्ने निर्णय आयोजक समितिले सार्वजनिक गरेको हो।

कार्यक्रममा अमेरिकास्थित नेपाली समुदाय (डायस्पोरा) का प्रतिनिधि, राजनीतिक, सामाजिक तथा शैक्षिक क्षेत्रमा योगदान पुर्‍याउँदै आएका व्यक्तित्वहरू, साथै विभिन्न मुलुकका पाहुना सहभागी हुने आयोजकले जानकारी दिएको छ।

कुलमान घिसिङलाई नेपालमा ऊर्जा क्षेत्रमा पुर्‍याएको उल्लेखनीय योगदानका लागि र ज्ञानेन्द्र शाहीलाई जनचेतना र भ्रष्टाचारविरोधी अभियानमा सक्रिय भूमिकाका लागि यो सम्मान प्रदान गरिने जनाइएको छ।

प्रकाशित मिति: २ श्रावण २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com