काठमाडौं ।  नेकपा (एमाले) का नेता कर्णबहादुर थापाले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पार्टीको विधान महाधिवेशनमा प्रतिनिधि बन्ने माग नगरेको दाबी गरेका छन्।

शुक्रबार च्यासलस्थित पार्टी कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै थापाले भण्डारी पक्षबाट प्रतिनिधिको विषयमा कुनै पनि औपचारिक आग्रह नभएको स्पष्ट पारे।

advertisement

‘पूर्वराष्ट्रपतिले आफैँले प्रतिनिधि बन्ने कुरा गर्नुभएको छैन,’ थापाले भने, ‘हामी कसैले पनि त्यो माग गरेका छैनौं। विधानमा महाधिवेशनका प्रतिनिधिहरू नै विधान महाधिवेशनका प्रतिनिधि हुने उल्लेख छ। त्यसैले प्रतिनिधिको माग गरिएको भन्ने प्रचार गलत हो।’

उनका अनुसार भण्डारीको योगदान, योग्यता र व्यक्तित्वको सम्मानस्वरूप पार्टीमा कसरी स्थान दिने भन्ने विषयमा छलफल भइरहेको छ।

थापाले पूर्वराष्ट्रपति भण्डारीलाई महाधिवेशनमा विशिष्ट अतिथिको रूपमा निमन्त्रणा दिने तयारी पनि भइरहेको बताएका छन्।
‘मलाई लाग्छ, उहाँलाई विशिष्ट अतिथिका रूपमा आमन्त्रण गर्ने सम्भावना छ,’उनले भने।

प्रकाशित मिति: २ श्रावण २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com