काठमाडौं । उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले जीवनमा सफलता हासिल गर्नका लागि मेहनत अनिवार्य रहेको बताएका छन्।

गुह्येश्वरी बाल शिक्षा मावि, थापाथलीको वार्षिकोत्सवको अवसरमा आयोजित सम्मान तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री सिंहले विद्यार्थीहरूलाई मेहनती र अनुशासित बन्न सुझाव दिएका हुन्।

advertisement

उनले भने, “तपाईंहरू जुनसुकै पारिवारिक पृष्ठभूमिबाट आउनुभएको भए पनि तपाईंहरूको भविष्य तपाईंहरूको आफ्नै हातमा छ। पढाइमा मन लगाउनुहोस्, अवसरको सदुपयोग गर्नुहोस्। बिना मेहनत कसैले पनि सफलता प्राप्त गर्न सक्दैन। मेहनत र परिश्रम नै उज्ज्वल भविष्यको आधार हो।”

कार्यक्रममा उनले विद्यार्थीको शैक्षिक स्तर अभिवृद्धिका लागि विद्यार्थी, अभिभावक र विद्यालय व्यवस्थापन सबैको साझा भूमिका अपरिहार्य रहेको उल्लेख गरे।

उनले विद्यालयले भविष्य निर्माणको आधार बनाउने भएकाले गुणस्तरीय शिक्षाको सुनिश्चितताका लागि सबै पक्ष गम्भीर हुनुपर्नेमा जोड दिए।

उक्त अवसरमा उपप्रधानमन्त्री सिंहले विद्यालयका उत्कृष्ट शिक्षक तथा विद्यार्थीहरूलाई पुरस्कार र सम्मान प्रदान गर्दै आगामी दिनमा अझ राम्रो उपलब्धि हासिल गर्न शुभकामना दिए।

उनले यस्तो कार्यक्रमले विद्यार्थीको उत्साहवर्धन गर्नुका साथै शिक्षकमाझ पनि थप जिम्मेवारीबोध गराउने विश्वास व्यक्त गरे।

प्रकाशित मिति: २ श्रावण २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com