काठमाडौँ । प्रहरी महानिरीक्षक दीपक थापाले आर्थिक वर्ष २०८०/०८१ को भन्दा आ.व. २०८१/०८२ मा अपराधका घटनाहरुमा वृद्धि भएको बताएका छन्।
शुक्रबारको संघीयता सलबीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले आर्थिक वर्ष २०८०/०८१ को भन्दा आ.व. २०८१/०८२ मा झन्डै १.२४ प्रतिशतले कसुरको मात्रा बढेको जानकारी दिए।
उनका अनुसार २०८०/०८१ को असार मसान्तसम्ममा देशभर ५८ हजार ४ सय ७० वटा मुद्दा दर्ता भएका थिए। आ.व. २०८१/०८२ मा ५९ हजार २ सय ४ घटना दर्ता भएका छन्।
सबैभन्दा धेरै मुद्दा दर्ता काठमाडौँ उपत्यकामा नै दर्ता भएको र कुल मुद्दामध्ये काठमाडौँ उपत्यकामा दर्ता भएका मुद्दाको संख्या १६ हजार १ सय ७२ रहेको छ।
त्यसपछि सबैभन्दा धेरै मधेस प्रदेश र कोशी प्रदेश रहेको छ। कर्णालीमा सबैभन्दा कम मुद्दा दर्ता भएका छन्।
प्रकाशित मिति: २ श्रावण २०८२, शुक्रबार













प्रतिक्रिया