तनहुँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति तथा तनहुँ–१ का संघीय सांसद डा. स्वर्णिम वाग्लेले पार्टीले न्यायालयको निर्णय सधैँ सम्मान गर्दै आएको स्पष्ट पारेका छन्।

शुक्रबार तनहुँको शुक्लागण्डकी नगरपालिका–४, दुलेगौडामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले पार्टीद्वारा सञ्चालित हस्ताक्षर अभियान कुनै पनि हालतमा न्यायालयलाई प्रभावित पार्नका लागि नभएको दाबी गरे।

advertisement

“सभापति रवि लामिछानेको मुद्दामा हस्ताक्षर संकलनले अदालतको फैसला उल्ट्याउँछ भन्ने भ्रम नगरौं,” वाग्लेले भने, “न्यायालयले जुन निर्णय गर्छ, हामीले त्यसलाई स्वीकृति दिंदै आएका छौँ र दिन्छौँ।”

उपसभापति वाग्लेले सभापति लामिछानेमाथिको मुद्दा राजनीतिक प्रेरणाबाट प्रेरित भएको आफूहरूको ठम्याइ रहेको बताए। उनले थपे, “पार्टीप्रति आम नागरिकको चासो र समर्थन दिनप्रतिदिन बढ्दो छ। न्यायको अन्तिम थलो अदालत हो भने जनताको अन्तिम अदालत पनि हो – जनअदालत।”

वाग्लेले रास्वपा अहिलेबाटै २०८४ सालको आमनिर्वाचनको तयारीमा जुटेको जानकारी दिँदै पार्टीप्रतिको जनसमर्थन र विश्वासले आगामी चुनावमा अझ बलियो बनाउने विश्वास व्यक्त गरे।

प्रकाशित मिति: २ श्रावण २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com