काठमाडौं । नेकपा एकीकृत समाजवादी र वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानबीच औपचारिक एकता घोषणा भएको छ।

शुक्रबार राजधानीको राष्ट्रिय सभागृहमा आयोजित विशेष समारोहमार्फत दुई पक्षबीच पार्टी एकता भएको औपचारिक घोषणा गरिएको हो।

advertisement

सो अवसरमा नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमले एकीकृत समाजवादीमा समाहित हुने औपचारिक घोषणा गर्दै आफू अबदेखि पूर्णरूपमा एकीकृत समाजवादीको हिस्सा भएको जनाएका छन्।

गौतमले पार्टी एकीकरणलाई “दिर्घ प्रतीक्षित उपलब्धि” भन्दै यस घटनाले आफूलाई गहिरो सन्तोष र खुसी दिएको उल्लेख गरे। उनले भने, “स्वयम्भूस्थित समाजवादी पार्टी कार्यालयसम्म आइपुग्न मलाई चार वर्ष लाग्यो।”

गौतमको एकीकृत समाजवादीमा प्रवेशसँगै कार्यक्रममा सहभागी नेता तथा कार्यकर्ताहरूले नारा, ताली र हुटिङ गर्दै स्वागत जनाएका थिए।
उनलाई एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाललगायत नेताहरूले फूलमालासहित स्वागत गरेका थिए।

यो एकतासँगै वाम आन्दोलनभित्रको बिखण्डन अन्त्य गरी सशक्त एकता र संगठन निर्माणतर्फ अघि बढ्ने संकेत गरिएको छ।

प्रकाशित मिति: २ श्रावण २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com