काठमाडौं । नेकपा (एकीकृत समाजवादी) र वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानबीच बहुप्रतीक्षित पार्टी एकता शुक्रबार सम्पन्न भएको छ। राजधानीको राष्ट्रिय सभागृहमा आयोजित विशेष समारोहमार्फत दुई पक्षबीचको एकताको औपचारिक घोषणा गरिएको हो।

एकता घोषणासँगै वामदेव गौतमले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल तथा महासचिव घनश्याम भूसालसँग अंकमाल गर्दै खुसीको अभिव्यक्ति व्यक्त गरे। कार्यक्रममा एकता अभियानका केन्द्रीय सदस्यहरूलाई अध्यक्ष नेपाल र नेता गौतम दुवैले विशेष स्वागत गरेका थिए।

advertisement

वामदेव गौतमले आफू नेतृत्व गर्दै आएको एकता प्रयास अन्ततः चार वर्षपछि साकार भएको भन्दै गहिरो सन्तोष व्यक्त गरे। “यो एकता मेरो राजनीतिक यात्राको भावुक मोड हो। आजको दिन म शब्दमा बयान गर्न नसक्ने उत्साह र खुसीको क्षण हो,” उनले सम्बोधनमा भने।

एकीकृत समाजवादीले वामदेव गौतमलाई पार्टीका वरिष्ठ नेताको जिम्मेवारी दिने निर्णय गरिसकेको छ। पार्टी एकता पश्चात् उनको भूमिकालाई अझ प्रभावशाली बनाउन आवश्यक निर्णयहरू अगाडि बढाइने जनाइएको छ।

कार्यक्रममा सहभागी नेताहरूले पार्टी एकतालाई वाम आन्दोलन सुदृढ बनाउने ऐतिहासिक कदमको रूपमा चित्रित गरे।

यस एकतासँगै अब एकीकृत समाजवादी थप संगठित र व्यापक संगठनको रूपमा अघि बढ्ने विश्वास व्यक्त गरिएको छ।

प्रकाशित मिति: २ श्रावण २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com