काठमाडौं । गायिका एलिना चौहानका पूर्वपति बिष्णु सापकोटाले डिभोर्स र पछिल्लो आरोपप्रत्यारोपका विषयमा पहिलोपटक सार्वजनिक रूपमा प्रतिक्रिया जनाएका छन्। एलिनाले सामाजिक सञ्जालमार्फत लगाउँदै आएकी आरोपहरूको सन्दर्भमा उनले पनि सामाजिक सञ्जालमार्फतै आफ्नो धारणा सार्वजनिक गरेका हुन्।

सापकोटाले आफ्नो लामो मौनतालाई कमजोरी ठान्न नहुने स्पष्ट चेतावनी दिएका छन्। उनले लेखेका छन्, “अहिले मेरो बारेमा भइरहेका अनावश्यक टिकटक भिडियो र भ्रामक गतिविधिहरूले मेरो व्यक्तिगत र सामाजिक प्रतिष्ठामा गम्भीर असर पुर्‍याइरहेका छन्।”

advertisement

उनका अनुसार, यस्ता गतिविधिबाट उत्पन्न चरित्र हत्या र व्यावसायिक नोक्सानीका विरुद्ध आफूले अष्ट्रेलियामा कानुनी प्रक्रिया अगाडि बढाइसकेका छन्। उनले भनेका छन्, “प्रतिशोध होइन, तर मेरो व्यक्तिगत अधिकार, प्रतिष्ठा र आत्म–सम्मानको संरक्षणका लागि मानहानी तथा व्यावसायिक क्षतिपूर्तिको माग गर्दै कानुनी बाटो रोजिएको हो। कानुन सबैका लागि समान हुन्छ।”

डिभोर्सपछि आफू मौन बसेको तर त्यसलाई कमजोरी वा दोष स्वीकारेको संकेत मान्नु अनुचित हुने सापकोटाको भनाइ छ। “अहिले दुबैको आ–आफ्नै व्यक्तिगत, पारिवारिक र व्यावसायिक जीवन छ,” भन्दै उनले थप प्रश्न गरेका छन्, “कहिलेसम्म हामी यस कुराको सिकार भइरहनुपर्ने हो ?”

एलिनाले यसअघि दिएको केही अभिव्यक्तिले सामाजिक सञ्जालमा चर्चा पाएको थियो। तर सापकोटाले भने न्यायका लागि कानुनी बाटो रोज्ने संकेत दिएका छन्।

प्रकाशित मिति: २ श्रावण २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com